असम्भव केही छैन भन्ने तथ्यमा विश्वास राख्ने एक नेपाली । मान्छे जन्म, जात, वर्ग र कूल–घरानाले कोही धनी, विद्वान्, विज्ञ अनि उद्यमी हुँदैन । कोसिस गर्दा सबै चाहेको जस्तो हुन सकिन्छ भन्ने मान्यता राख्ने एक नेपाली । मान्छेले दासत्वको भावनालाई आत्मसात गर्नु प्रगतिको विरुद्ध कदम चाल्नु हो भन्ने विचारमा अडान राख्ने एक स्वतन्त्रताप्रेमी मान्छे । मान्छेले मान्छेको सेवा गर्नु नै देवत्व प्राप्त गर्नु हो भन्ने मानव । सबैलाई मतलब मान्छे, प्राणी, पशु, पंछी एकै ठान्ने म भानेन्द्र सम्बाहाङफे “जुझारु” एक योद्धा अन्याय विरुद्धको ।